तीन कम्पनीको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
१४ मंसिर २०८०, बिहीबार १५:१४
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले घटेको शेयर बजार आज १८ दशमलव ०६ अंकले घटेर १८५८ को विन्दुमा कायम भएको छ ।
शेयर बजार ओरालो लागेसँगै २०१ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । कारोबार भएका कम्पनीहरुमध्ये विजया लघुवित्त, माउन्टेन इनर्जि र युनाईटेड आइडीआई मार्दी हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, सिटिजन म्युचुअल फण्ड २, खानीखोला हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयरमूल्य घटेको छ ।