मौद्रिक नीतिको समीक्षाअघि बढ्न सकेन शेयर बजार, १८ अंकले घट्यो नेप्से

१४ मंसिर २०८०, बिहीबार १५:०८

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार घटेर नै बन्द भएको छ। १८।०६ अंकले घटेर १८५८।५३ को विन्दुमा कायम भएको छ। मौद्रिक नीतिको समीक्षाको आशमा बसेका लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् ।

सो कारण पनि शेयर बजारमा बढ्न नसकेको शेयरविज्ञहरु बताँउछन् । मौद्रिक नीतिको समीक्षापछि केही सकारात्मक लय समात्ने विज्ञहरुको धारणा रहेको छ।

आजै गर्भनर अधिकारीले राष्ट्र बैंकको प्रतिवेदन पेश गर्ने कार्यक्रममा प्रत्यक्ष भेटिसकेका छन् । भोलि सार्वजनिक गर्ने नीतिको विषयमा पनि आज छलफल भएको राष्ट्र बैंकको स्रोतले जनाएको छ।

आज सूचीकृत २८८ कम्पनीको ४४ लाख कित्तामाथि शेयर खरिदबिक्रि हुँदा १ अर्बमाथिको शेयर कारोबार भएको छ । नेप्से ओरालो लाग्दा म्युचुल फण्ड बाहेक सबै उपसूचक राताम्मे भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*