युनाइटेड इदी मार्दी हाइड्रोपावरको सेयरमा बिक्री चाप बढ्दा सेयर मूल्यमा दबाब, नकारात्मक सर्किट

१४ मंसिर २०८०, बिहीबार १४:१९

काठमाडौं । युनाइटेड इदी मार्दी हाइड्रोपावरको .शेयरको चाप बढ्दा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ।

यो समाचार तयार पार्दै गर्दा यस हाइड्रोपावरको सेयर ३३ रुपैयाँ ८० पैसाले घटेर ३०४ रुपैयाँ २० पैसा कायम भएको छ ।समाचार तयार पार्दै गर्दा यसको कुल १ लाख ५२ हजार कित्ता सेयर ४ करोड ४७ लाख रुपैयाँ भन्दा धेरैमा कारोबार भएको छ । यस हाइड्रोपावरको सेयर बाँडफाँट २०२० नोभेम्बर २९ मा भएको थियो ।

यस हिसाबले कम्पनीका संस्थापक सेयरधनीहरुको सेयर लक भएको ३ वर्ष पूरा भएको छ । त्यसैगरी स्थानीयको पनि लकइन खुला भएको छ । सोही कारणले यस कम्पनीको सेयरमा बिक्री चाप बढ्दा सेयर मूल्यमा दबाब परेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*