रिलायबल नेपाल लाइफद्वारा पहिरोमा परि मृत्यु भएकी बीमितको दावी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले दावी भुक्तानी गरेको छ । कम्पनीले पहिरोमा परी मृत्यु भएकी बीमितको ४ लाख १२ हजार ८०० रुपैयाँको दावी भुक्तानी गरेको हो ।
बीमित (कल्पना बस्नेत) ले वि.स. २०७८ कात्तिक ८ गते दुई लाख रुपैयाँको बीमा गरेकी थिइन् । पछि उनले १२ हजार ८७६ रुपैयाँको दरले जम्मा २५ हजार ७५२ रुपैयाँ किस्ता तिरेको कम्पनीले जनाएको छ ।
गत भदौ १० गते घाँस काट्न जाँदा पहिरोमा परि बीमितको मृत्यु भएपछि कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै बीमितको छोरा दिपेन्द्र बस्नेतलाई दावी रकम बापतको चेक हस्तान्तरण गरेको हो ।
उक्त रकम हस्तान्तरण कार्यक्रमको सभापतित्व जाजरकोट शाखा प्रमुख देविका कुमारी शाहीले गरेकी थिइन् । प्रमुख अतिथिको रुपमा नलगाड नगरपालिका १२ नं. वडाका अध्यक्ष मोहन बहादुर खत्रीको उपस्थिति रहेको थियो ।
त्यस्तै, अतिथीका रुपमा सुर्खेत शाखा प्रमुख भिमनिधी तिवारी, नलगाड न.पा. १२ नं. वडाका पूर्व वडाध्यक्ष लाल बहादुर खत्री, सदस्य खिमा कुमारी शर्माको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन एजेन्सी मेनेजर भबिन्द्र बहादुर खत्रीले गरेका थिए ।