नेशनल बैंकिङ ईन्ष्टिच्युटद्वारा ३१०.५३ प्रतिशत लाभांश घोषणा, साधारण सभा कहिले ?

१४ मंसिर २०८०, बिहीबार ०९:२८

काठमाडौं । नेशनल बैंकिङ ईन्ष्टिच्युटले ३१०.५३ प्रतिशत लाभांश घोषणासहित वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ५ गते बिहीबार होटल याक एण्ड यति काठमाडौंमा दिउँसो ४ बजेदेखि सभा बोलाएको हो ।

सभाले गत आवको नाफाबाट हाल कायम चुक्ता पूँजीको २९५ प्रतिशत बोनस शेयर र १५.५३ प्रतिशत कर प्रयोजनसहित जम्मा ३१०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । कम्पनीको हाल चुक्ता पूँजी १९ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

सभाले गत आवको सञ्चालक समितिको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने र आव २०८०।८१ को लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमीक निर्धाण गर्नेछ ।

त्यस्तै, सभामा कम्पनीप्रति बैंक तथा वित्तीय संस्थाहरुको अपनत्व बढाउन तथा स्वामित्वको भावना विकास गर्न हाल कायम शेयरधनीका अतिरिक्त अन्य बैंक तथा वित्तीय संस्थालाई समेट्न कम्पनीको शेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र सम्बन्धित व्यवसायीक संगठनहरुका लागि जारी पूँजीको हदसम्म प्रतिशेयर १०० रुपैयाँमा शेयर बिक्री गर्ने विशेष प्रस्ताव पनि समेटिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*