राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष रवि, तेस्रो नम्वरमा स्वर्णिम, पुछारमा अटाए रमेश प्रसाई

१४ मंसिर २०८०, बिहीबार ०७:०६

काठमाडौं । तराईस्थित महोत्तरीको जलेश्वरमा सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले १३ जना केन्द्रीय कार्य समिति चयन गर्दै राजनीतिक प्रतिवेदन समेत पारित गर्दै सम्पन्न भएको छ ।

नव गठित कार्य समिति अनुसार पार्टीको अध्यक्षमा रवि लामिछाने चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा डोल प्रसाद अर्याल चयन भएका छन् । तेस्रो नम्वरको बरियताको उपाध्यक्षमा अर्थविद डा. स्वर्णिम वाग्ले चयन भएका छन् । त्यस्तै, पार्टीको महासचिव मुलुक ढकाल बनेका छन् ।

पार्टीको कोषाध्यक्षमा पूर्व अर्थमन्त्री भरत मोहन अधिकारीकी छोरी लिमा अधिकारी चयन भएकी छिन् । त्यस्तै, मनिष झा सह प्रबक्ता चयन भएका छन् । पार्टीले सार्वजनिक गरेको विवरण अनुसार ग्यालेक्सी टिभी प्रत्रकार प्रतिभा रावल सह प्रबक्ता बनेकी छिन् भन् कार्यक्रम प्रस्तोता रमेश प्रसाई पनि सह प्रबक्ता बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक प्रतिवेदनमा संघीयताबारे मौन रहेको छ भने गणतन्त्रलाई अंगिकार गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*