हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आजसम्म ४२ करोड बढीको आवेदन
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा २१ हजार ७६५ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात मंसिर १३गते साँझ ५ः०८ बजेसम्म २० लाख ४८ हजार ११० कित्ताका लागि आवेदन परेको हो । जस मार्फत ४२ करोड १९ लाख १० हजार ६६० रुपैयाँ संकलन भएको छ ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी गर्न अनुमति पाएको छ ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो।कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।