अन्तिम दिनसम्म नेपाल वेयरहाउजिङ्गको आईपीओमा कति पर्यो आवेदन ?

१३ मंसिर २०८०, बुधबार १७:१७

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा १ अर्ब बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा १२ लाख ५७ हजार आवेदकबाट १ करोड ४३ लाख कित्ता शेयर बराबर १ अर्ब ३६ करोड रुपौयाँको आवेदन परेको छ ।

कम्पनीले ११ लाख ४१ हजार २५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १ लाख ४१ हजार २५० कित्ता आईपीओ निश्कासन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*