बुद्धभुमी हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लाग्दा अन्य कुनले कति गुमाए ?
१३ मंसिर २०८०, बुधबार १५:४१
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले घटेको शेयर बजार आज दोहोरो अंकले घट्न पुगेको हो ।
बुधबार शेयर बजार १७ दशमलव ९३ अंकले घटेर १८७६.६० को विन्दुमा कायम भएको छ । शेयरमूल्य घटेसँगै आज कारोबार भएका १९० कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेसँगै बुद्धभुमी हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, अभियान लघुवित्त, महुली लघुवित्त, स्वीतगंगा हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।