आधा घण्टा ढिला सुचारु भएको नेप्सेमा १७ अंकको गिरावट, अन्य बाहेक सबै उपसूचक राताम्मे

नयाँ स्टकको अत्यावश्यक रहेको लगानीकर्ताको ठहर
१३ मंसिर २०८०, बुधबार १५:४२

काठमाडौं । नेप्से आधा घण्टा ढिला सुचारु भएर खुल्ला भएको कारोबारमा सुधारको संकेत देखिएपनि अन्तत घटेर बन्द भएको छ। आज नेप्से १७।९३ अंकले घटेर १८७६।६० को विन्दुमा कायम भएको छ।

२८५ सूचीकृत कम्पनीको ३३ लाख ५९ हजार ६ सय १ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्बमाथिको शेयर कारोबार भएको छ ।

आज अन्य सूचक बाहेक सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ ।

नेप्सेको प्रि सेसनमा समस्या आएको कारण आज आम लगानीकर्ताहरुले नयाँ स्टक आवश्यक रहेको बिषयमा सामाजिक संजालमा आफनो धारणा व्यक्त गरेका थिए ।

नेप्सेको सानो समस्याको कारण आम लगानीकर्ताको करोडौं रकममा हिनामिना भएको आम लगानीकर्ताहरुको आरोप रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*