एनसेल नेपाली साझेदारले एकलौटी चलाउने, आजियाटाले कतिमा बेच्ला आफ्नो हिस्सा ?

१३ मंसिर २०८०, बुधबार १५:३१

काठमाडौं । मलेसियन आजियाटा समूहले हातझिक्ने घोषणा गरेसँगै सुनिभेरा क्यापिटल भेन्चरले नै एकलौटी लिने लगभग पक्का भएको छ । आफ्नो हिस्साको शेयर विक्रीको डिल पक्का गरेर मात्रै आजियाटाले बाहिरिने घोषणा गरेको बुझिएको छ ।

५ महिनादेखि आजियाटा आफ्नो हिस्सामा रहेको ८० प्रतिशत शेयर विक्रीका लागि घुँडा धसेर लागेको थियो । अब उसको शेयर नेपाली साझेदारले नै किन्ने मोटामोटी कुरा टुंगिएको बताइएको छ । आजियाटाले कति मूल्यमा आफ्नो हिस्सा बेच्दैछ भन्ने भने खुलाएको छैन ।

सुनिभेरामा सतिशलाल आचार्य र उनका भाइ सचिनलाल आचार्यको शेयर स्वामित्व छ । आचार्य दाजुभाइले नै आजियाटाको हिस्सा किन्ने आँट गरेका छन् । सचिनलाल हालसालै लाइसेन्स खारेजीमा परेको स्मार्ट टेलिकमको स्थानीय साझेदार थिए । शेयर किनबेचको गृहकार्य अघि सतिशलालले दुबईमा रहेका एक लगानीकर्तासहित सञ्चार सचिवलाई भेटेका बताइएको छ ।

स्वीडीस टेलिया सोनेराको शेयर हिस्सा किनेर मलेसियन आजियाटा समूह २०७२ चैत ३० मा एनसेल प्रवेश गरेको थियो । आजियाटा प्रवेश गरेको वर्ष २०७२÷७३ मा एनसेलले ५७ अर्ब ७२ करोड रुपैयाँको कारोबार गरेको थियो । ग्राहक घटेसँगै अहिले एनसेलको कारोबार ओरालो लाग्ने क्रममा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*