विजया लघुवित्तको सर्वाधिक शेयरमूल्य बृद्धि, अन्य कुनको कति ?
१३ मंसिर २०८०, बुधबार १५:३१
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले घटेको शेयर बजार आज दोहोरो अंकले घट्न पुगेको हो ।
बुधबार शेयर बजार १७ दशमलव ९३ अंकले घटेर १८७६.६० को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि विजया लघुवित्तको शेयरमूल्य ९.८८ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ ।
त्यस्तै, कुमारी धनबृद्धि योजनाको ३.६३ प्रतिशत, सिटिजन म्युचुअल फण्ड २ को ३.५५ प्रतिशत, अप्पर हेवाखोला हाइड्रोपावरको ३.१४ प्रतिशतले शेयरमूल्उ बढेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये ४२ कम्पनीको शेयरमूल्य बढेको छ ।
sha