जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन झण्डै ४१ अर्ब, कुन कम्पनीले कति भित्र्याए ? (तथ्याङ्कसहित)

१३ मंसिर २०८०, बुधबार १३:४१

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा ४० अर्ब ८१ करोड २६ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा प्राधिकरण सार्वजनिक गरेको कात्तिक महिनासम्मको   तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क गत वर्षको कात्तिक महिनासम्मको तुलनामा १०.६२ प्रतिशतले बृद्धि भएको देखिएको छ । गत वर्षको कात्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ३६ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ नविकरणमार्फत बीमा शुल्क आर्जन गरेका थिए ।

जीवन बीमा कम्पनीहरुले जीवन बीमा ब्यवसायमा उल्लेख्य प्रगति गरेको तथ्याङ्ककले देखाएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले कात्तिक महिनासम्ममा ११ अर्ब ३२ करोड रुपैयाँ नविकरणमार्फत बीमा शुल्क संकलन गरेको छ ।

नविकरण बीमा शुल्क आर्जनको आधारमा लाइफ इन्स्योरेन्स (कर्पोरेशन) नेपाल दोस्रो स्थानमा रहेको छ । कम्पनीले कत्तिक महिनासम्ममा चार अर्ब ८८ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, हिमालयन लाइफको नविकरण बीमा शुल्क आर्जन ११ प्रतिशतले बृद्धि भई चार अर्ब २५ करोड रुपैयाँबाट चार अर्ब ३७ करोड रुपैयाँ आर्जन भएको छ ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनी यस्तो आम्दानी सबैभन्दा बढी अंकले बृद्धि भएको छ । कात्तिक महिनासम्ममा कम्पनीको नविकरण बीमा शुल्क २०८ प्रतिशतले बृद्धि भई चार अर्ब चार करोड रुपैयाँ आर्जन गरेको छ ।

कात्तिक महिनासम्ममा नेशनल लाइफले चार अर्ब तीन करोड, सूर्यज्योति लाइफले दुई अर्ब १३ करोड, एशियन लाइफले एक अर्ब ९४ करोड, सानिमा रिलायन्स लाइफले एक अर्ब ४९ करोड रुपैयाँ, मेट लाइफले एक अर्ब ३३ करोड, सिटिजन लाइफले एक अर्ब ३० करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*