टिकटक रोक्न अटेर गर्ने ५५ इन्टरनेट कम्पनीलाई २४ घण्टे अल्टिमेटम, नत्र लाइसेन्स खारेज

१३ मंसिर २०८०, बुधबार ११:५१

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्ने सरकारी निर्णय अटेर गर्ने ५५ वटा इन्टरनेट सेवाप्रदायकलाई लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । प्राधिकरणले २४ घण्टाभित्र कुनै जवाफ नदिए लाइसेन्स खारेजीसम्मको कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो ।

अहिलेसम्म ती इन्टरनेट कम्पनीले प्राधिकरणले पठाएको पत्रको जवाफ पठाएका छैनन् । गएको कार्तिक २७ गते मन्त्रीपरिषदले गरेको निर्णयले नेपालमा टिकटकमाथि प्रतिबन्ध लागेको छ । तर, धेरै सेवाग्राही भएका ठूला इन्टरनेट सेवा प्रदायकबाहेक अन्य कम्पनीहरुले टिकटकमा रोक लगाएका छैनन् ।

कारबाही स्वरुप नेपाल दूर सञ्चार प्राधिकरणले अब उनीहरुको लाइसेन्स खारेजीको तयारी गरेको हो । कारबाहीको जिम्मा सरकारले प्राधिकरणलाई दिएको छ । जस अनुरुप प्राधिकरणले ५५ ओटा इन्टरनेट सेवाप्रदायकको नामावली नै प्रकाशन गरेको छ । नामावलीको उक्त सूचीमा काठमाडौं उपत्यकालगायत देशभरका इन्टरनेट कम्पनी सामेल छन् । ती कम्पनीहरुमाथि सरकारी निर्णय कार्यान्वयनमा असहयोग गरेको आरोप छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*