शेयर बजारको किन समयमा कारोबार सुचारु भएन ? नेप्सेको यस्तो छ जवाफ
आज नेप्से परिसरमा विद्युतको समस्या हुँदा शेयर बजार खुल्न सकेको छैन ।
बिजुली गडबडीको कारण आज बुधबार प्रि ओपन सेसनमा कारोबार भएन । त्यस्तै ११ बजे सुरु हुनु पर्ने नियमित सत्रमा पनि कारोबार सुरु भएको छैन । नेप्सेले यस बारे नोटिस निकालेर प्राविधिक गडबडीका कारण केहि समय बजार प्रभावित भएको जनाएको छ ।
नेप्सेको सूचनामा भनिएको छ, प्राविधिक समस्याका कारण आज प्रारम्भिक सत्रको कारोबार हुन सकेन । नेप्सेको प्राविधिक समूह नियमित सत्र सञ्चालनका लागि प्रयासरत रहेको जानकारी गराउँदै यसबाट पर्न गएको असुविधाका लागि नेप्से क्षमा प्रार्थी छु।
केहि समयपछि बजार खुल्ने बताईएको छ । स्रोतका अनुसार नेप्से वरपर निर्माण कार्य गर्दा नेप्सेको पनि बिजुली काटिएको र सो बारे नेप्सेलाई जानकारी नगराउँदा समस्या आएको हो ।
आजको स्पेसल प्रि ओपन सेसनमा त्रिशुली जलविद्युत कम्पनीको शेयर कारोबार हुनु पर्ने थियो । स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भए पछि कम्पनीको नियमित सत्रमा कारोबार हुनु पर्ने थियो । तर आज स्पेसल प्रि ओपन सेसन र प्रि ओपन सेसनको कारोबार हुन नसक्दा अब कम्पनीको पहिलो कारोबार भोलि बिहिबार मात्र हुने भएको छ ।