कार्तिकमा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ८ अर्ब ६३ करोड (तथ्यांकसहित)

१३ मंसिर २०८०, बुधबार १२:३४

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कार्तिक महिनामा संकलन गरेको कुल बीमा शुल्कको विवरण सार्वजनिक भएको छ । नेपाल बीमा प्राधिकरणद्वारा सार्वजनिक गरिएको विवरण अनुसार चालु आवको कात्तिक महिनामा १४ वटा जीवन बीमा कम्पनीहरुले ८ अर्ब ६३ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

गत आवको सोही अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक २ अर्ब ४८ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ जुन गत आवको तुलनामा १३.२० प्रतिशतले घटेको हो । कम्पनीले अघिल्लो आवको सोही अवधिमा २ अर्ब ८६ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

दोस्रोमा नेशनल लाइफले १ अर्ब १० करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गन वर्षको सोही अवधिमा १ अर्ब १० करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको गत वर्षको तुलनामा चालु आवमा कुल बीमाशूल्क आर्जन ०.८० प्रतिशतले घटेको हो ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पाेरेशनले चालु आवमा १ अर्ब ५ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २४ करोड ९० लाख रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेको थियो ।

गत वर्षको कात्तिक महिनामा १० अर्ब २३ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको जीवन बीमा कम्पनीको चालु आवको सोही अवधिमा १५.६३ प्रतिशतले कुल बीमा शुल्क आर्जन घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*