बेलायतले लैजाने केयरगिभरका लागि ७१ नर्स छानिए, कहिले हुन्छ अन्तर्वार्ता ? (नामावलीसहित)

१३ मंसिर २०८०, बुधबार ०९:२९

काठमाडौं । रोजगारीका लागि बेलायत जान आवेदन दिएका मध्ये ७१ नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । वैदेशिक रोजगार विभागले अनलाइन फाराम भरेका मध्ये ७१ जनालाई अन्तर्वार्ताका लागि छानेको हो ।

पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’का रुपमा १०० नर्स पठाउने सरकारको योजना छ । तर, मापदण्ड र योग्यताका आधारमा ७१ जनाको मात्रै अनलाइन फाराम स्वीकृत गरिएको बताइएको छ ।

प्रारम्भिक सूचीमा परेकाहरुको अन्तार्वार्ता आउँदो डिसेम्बर ४ देखि ७ तारिखसम्म हुने विभागले जनाएको छ । अन्तर्वार्ता श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस सेन्टरका प्रतिनिधिमार्फत ब्रिटिस काउन्सिलमा हुने बताइएको छ । जीटुजीमार्फत नेपालबाट बेलायत जाने नर्सले युके सरकारको मातहतमा पहिलो तीन महिना असिस्टेन्ट हेल्थ केयरगिभर (ब्यान्ड ४) का रुपमा काम गर्नु पर्नेछ ।

सातामा ३७ घण्टा काम गरेबापत उनीहरुले प्रतिमहिना दुई हजार २९९ पाउण्ड स्टर्लिङ डलर अर्थात् ३ लाख ८६ हजार नेरु पारिश्रमिक पाउने छन् । तीन महिनापछि भने युकेको नर्सिङ एण्ड मिडवाइफरी काउन्सिलमा दर्ता हुन परीक्षा दिनुपर्नेछ । त्यो परीक्षा पास गरे मात्रै ब्याण्ड ५ का रुपमा प्रतिमहिना दुई हजार ३६७ पाउण्ड स्टर्लिङ अर्थात् झण्डै ४ लाख नेरु पारिश्रमिक पाउनेछन् ।

uk nurse

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*