सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला
१३ मंसिर २०८०, बुधबार १०:०६
काठमाडौं । सूर्याेदय वोमी लघुवित्तले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । कम्पनीले शेयरधनी गंगा श्रेष्ठको नाममा रहेको ३ हजार ९२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई दिइएको थियो । तोकिएको समयभित्र शेयरधनीबाट खरिद आवेदन नपरेपछि संस्थापकभन्दा बाहिरकालाई बिक्री गर्न लागिएको हो ।
सो शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजातसहित संस्थाको कर्पाेरेट कार्यालय महालक्ष्मी–०४, ललितपुर वा शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्सालमा ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।