राष्ट्रिय बीमा कम्पनीका सीईओे शेखर बरालद्वारा राजीनामा

१२ मंसिर २०८०, मंगलवार १८:४८

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आज कम्पनीका अध्यक्ष दिनेश उपाध्याय समक्ष आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

सीईओ बरालले आज राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष दिनेश उपाध्ययलाई आफ्नो व्यक्तिगत र घरायसी कारण देखाएर राजीनामा बुझाएका हुन् ।

अर्थमन्त्रालय र कम्पनीका अध्यक्षसँग कुरा नमिलेको कारण बरालले राजिनामा दिएको बताइन्छ । अद्यपि अध्यक्ष दिनेश उपाध्यायले भने कुनै असमझदारी नरहेको प्रष्ट पारेका छन् । सरकारले २०७९ भदौ २३ गते बराललाई ४ वर्षको लागि सीईओमा नियुक्त गरेको थियाे ।

One thought on “राष्ट्रिय बीमा कम्पनीका सीईओे शेखर बरालद्वारा राजीनामा

  1. Srijana says:

    Yo bishaya ma string operation garnu parne dekhinxa.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*