नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओमा आजसम्म १ करोड बढी रुपैयाँको आवेदन

१२ मंसिर २०८०, मंगलवार १७:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओमा माग भन्दा १०.०३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा साढे १० लाख भन्दा धेरैले शेयर माग गरेका छन्।

मंगलबार बेलुकी ५ बजेर ८ मिनेटसम्ममा कम्पनीको आईपीओका लागि १० लाख ५५ हजार ६३८ वटा आवेदन परेको छ । यसैगरी, कम्पनीको एक करोड १४ लाख ५३ हजार ९४० कित्ता शेयर माग भएको छ । कम्पनीले ११ लाख ४१ हजार २५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १ लाख ४१ हजार २५० कित्ता आईपीओ निश्कासन गरेको हो । कम्पनीले निष्काशन गरेको आईपीओमा भोलिसम्म आवेदन दिन सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*