अन्तिम दिनसम्म मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा कति पर्यो आवेदन ?

१२ मंसिर २०८०, मंगलवार १७:३१

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने अन्तिम दिनमा १ अर्ब ४३ करोड २८ लाख १८ हजार रुपैयाँको आवेदन परेको छ ।

सिडिएसका अनुसार आज अर्थात मंसिर १२ गते साँझ ५ः०८ बजेसम्ममा १३ लाख २२ हजार ९५४ जना आवेदकले १ करोड ४३ लाख २८ हजार १८० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले मंसिर ८ गतेदेखि ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत ले हुने १४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*