मौद्रिक नितिको पखाईमा लगानीकर्ता, १८ सयको बिन्दुमुनिमा सिमित नेप्से

१२ मंसिर २०८०, मंगलवार १५:१४

लगानीकर्ताहरु मौद्रिक नितिको पखाईमा बसेको कारण शेयर बजार आज पनि बढ्न सकेको छैन ।

मौद्रिक नितिमा शेयर बजार र ब्याजदरको बिषयमा राष्ट्र बैंकले चाल्ने लचिलो संकेत देखिएपनि लगानीकर्ताहरु यस बिषयमा अझै पनि सकारात्मक हुन सकेको छैन ।
सो कारण आज नेप्से २।१७ अंकले घटेर १८९४।५३ को विन्दुमा कायम भएको छ।

नेप्सेले ओरालो यात्रा तय गर्दा २९० सूचीकृत कम्पनीको ४७ लाख २७ हजार ९ सय २ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब २८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज पाँच उपसूचक बाहेक सबैको उपसूचकमा गिरावट आएको छ।आज होटल एण्ड टुरीजमको शेयर मूल्य सर्वाधिक रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*