नेप्सेमा एक कम्पनीको शेयर सूचीकृत

१२ मंसिर २०८०, मंगलवार १४:४४

नेप्सेमा माथिल्लो त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको आइपीओ सूचिकृत भएको हो ।

कम्पनीले सर्वसाधारणको लगानीकर्ता सेयरधनीहरु ९कर्मचारी समेत० लाई वितरण तरेको ३७ लाख ५ हजार कित्ता, संस्थापकहरूले लगानी गरेको १ करोड ४८ लाख २० हजार कित्ता गरेर कुल १ करोड ८५ लाख २५ हजार कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

कम्पनीको पहिलो कारोबारका लागि ८९ रूपैयाँ ३८ पैसादेखि अधिकतम २६८ रुपैंया १४ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘टिभिसिएल’ रहेको छ । सूचिकृत पश्चात उक्त सेयर अब भोली बुधबारदेखि कारोबारमा आउनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*