मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा १ अर्ब बढी रुपैयाँको आवेदन

११ मंसिर २०८०, सोमबार १७:४१

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओमा १ अर्ब १५ करोड २३ लाख १५ हजार रुपैयाँको आवेदन परेको छ ।

सिडिएसका अनुसार आज अर्थात मंसिर ११ गते साँझ ५ः०८ बजेसम्ममा १० लाख ५७ हजार ८२८ जना आवेदकले १ करोड १५ लाख २३ हजार १५० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १०।०३ गुणा बढी आवेदन हो ।

कम्पनीले मंसिर ८ गतेदेखि ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत ले हुने १४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*