नेप्सेमा सूचीकृत लघुवित्तहरुको प्रथम त्रैमासको वित्तीय अवस्था कस्तो रह्यो ? (तथ्याङ्क सहित)

११ मंसिर २०८०, सोमबार १६:२४

काठमाडौं । नेप्सेमा सूचीकृत लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । लघुवित्तहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अधिकांश लघुवित्तहरुको खराब कर्जा अनुपात ह्वात्तै बढ्नाले खुद नाफामा दबाब परेको छ ।

५५ संस्थाको खुद नाफा ५९ करोड २९ लाख रुपैयाँ रहेको छ । जसमध्ये सबैभन्दा धेरै खुद नाफा गर्नेमा साना किसान लघुवित्त पहिलो स्थानमा पर्दछ । यसले ३ महिना अवधिमा ३० करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

निर्धान उत्थान लघुवित्तले भने सबैभन्दा धेरै १४ करोड ३० लाख रुपैयाँ बरारको घाटा व्यहोरेको छ । तथ्यांक अनुसार १८ वटा संस्थाले खुद घाटा व्यहोरेका छन् ।खराब कर्जा अनुपात बढ्दा लघुवित्त कम्पनीहरुले थुप्रै रकम प्रोभिजन गर्नुपरेको छ । जसको सीधा असर यिनीहरुको खुद नाफामा परेको हो । यस्तो अवस्था पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा पनि देखिएको छ ।

रपोर्ट अनुसार लघुवित्तहरुको चुक्ता पुँजी ३४ अर्ब ९६ करोड १६ लाख रुपैयाँ पुगेको छ । जसमध्ये, साना किसानको उक्त पुँजी ३ अर्ब ३३ करोड रुपैयाँ बराबर रहेको छ । दोस्रोमा छिमेकको २ अर्ब ८३ करोड र निर्धान उत्थानको २ अर्ब ६१ करोड भन्दा धेरैको चुक्ता पुँजी पुगेको छ।

Sources: 1st Quater Reports

यता, बीपीडब्लुको पुँजी भने ३ करोड रुपैयाँमात्र रहेको छ । यस्तै, रिजर्भ तथा सरप्लस पनि साना किसानको धेरै रहेको छ । यसको रिजर्भमा ५ अर्ब ६२ करोड रुपैयाँ छ । छिमेकको उक्त कोषमा ४ अर्ब १८ करोड छ । यता, अभियानको भने रिजर्भ तथा सरप्लस शीर्षक ऋणात्मक छ । कुल ५५ लघुवित्त संस्थाहरुको रिजर्भ तथा सरप्लसमा ३३ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।

यी कम्पनीहरुले १ खर्ब ६७ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् भने, ४ खर्ब २६ अर्ब ४७ करोड रुपैयाँ कर्जा परिचालन गरेका छन् । लघुवित्त संस्थाहरुले बैंक तथा वित्तीय संस्थाबाट सापट लिएर कर्जा दिने गर्छन् । त्यसैगरी, पहिलो त्रैमासमा यिनीहरुले ८७ करोड ७७ लाख रुपैयाँ सञ्चालन नाफा गरेका छन् ।

जसमध्ये केहीको उक्त नाफा ऋणात्मक छ । सबै भन्दा धेरै सञ्चालन आम्दानी साना किसान लघुवित्तको रहेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी बीपीडब्लुको सबैभन्दा धेरै छ । यसको उक्त आम्दानी ८९ रुपैयाँ १८ पैसा छ । १८ वटाको प्रतिसेयर आम्दानी भने ऋणात्मक रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*