स्वाभिमान लघुवित्तको शेयरमूल्यमा सर्वाधिक गिरावट, अन्य कुनको कति ?
११ मंसिर २०८०, सोमबार १५:१८
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार ओरालो लागेको छ । कारोबारको अघिल्लो दिन ४७ अंकले बढेको शेयर बजार फेरी घट्न पुगेको हो ।
शेयर बजारको एकदिने खुशियाली सकिएसँगै स्वाभिमान लगायतका केही कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज कम्पनीको शेयरमूल्य ८.०४ प्रतिशतले घटेको छ ।
त्यस्तै, एनआइसी एशिया ब्यालेन्स्ड फण्डको ५.६८ प्रतिशत, स्वरोजगार लघुवित्तको ५.१७ प्रतिशत, मिर्मिरे लघुवित्त लगायतका १६६ कम्पनीको शेयरमूल्य घटेको छ ।
सोमबार शेयर बजारमा २९० कम्पनीको ६० लाख १७ हजार कित्ता शेयर खरिद बिक्री भई एक अर्ब ७५ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
शेयर बजार आज अधिकांश उपसूचकहरु राताम्मे भएका छन् । कारोबार भएका २९० कम्पनीहरुमध्ये १६६ कम्पनीको शेयरमूल्य घटेको छ ।