मेन्छियाम हाइड्रोपावरको लगानीकर्ताको हात खाली

११ मंसिर २०८०, सोमबार १४:५१

काठमाडौं । मेन्छियाम हाइड्रोपावरले पुस २ गते वार्षिक साधारण सभा डाकेको छ ।

सभा लैनचौर ब्यांकेट, काठमाडौंमा साँझ ५ बजेबाट सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*