मिर्मिरे लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

११ मंसिर २०८०, सोमबार १२:३१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर सूचीकृत भएको हो ।

लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गरेको थियो । उक्त शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ भने एफपीओमा परेको शेयर भोली मंगलबारबाट कारोबार गर्न सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*