लिन्च स्टक मार्केटको साधारण सभा पुस ७ गते

११ मंसिर २०८०, सोमबार ०९:४२

काठमाडौं । लिन्च स्टक मार्केट लिमिटेडले पुस ७ गते १६ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा बिहान ८ बजे सभा बोलाइएको हो ।

सभाले गत आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन सहितका वित्ती िविवरणहरु पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै, सञ्चालक समितिको निर्णय बमोजिमको नगद लाभांश (कर प्रयोजन सहित) वितरणको प्रस्तावलाई पनि स्वीकृति प्रदान गरिनेछ । कम्पनीले के–कति नगद लाभांश वितरण गर्ने भन्ने विषयमा स्पष्ट उल्लेख गरेको छैन् ।

कम्पनीले हाल कायम जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संसोधन सम्बन्धमा संचालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*