मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा साढे ८२ लाख कित्ताका लागि आवेदन

१० मंसिर २०८०, आईतवार १७:५७

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओमा ८२ करोड ५० लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार यसमा आज (मंसिर १० गते) साँझ ५ः०७ बजेसम्ममा ७ लाख ५१ हजार ८२९ जनाले ८२ लाख ५० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको तुलनामा ७।१८ गुणा बढी हो । यसमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले मंसिर ८ गतेदेखि ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत ले हुने १४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*