एनएमबी क्यापिटलका महाप्रबन्धक नेपालको जिम्मेवार तोकियो
१ श्रावण २०७८, शुक्रबार ११:५०
काठमाडौँ । एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेको कार्यकार मिति समाप्त भएको छ ।
घिमिरेको असार ३१ गते कार्यकाल अवधि समाप्त भएपछि कमल प्रसाद नेपाललाई सो पदको जिम्मेवार दिएको हो ।
असार ३० गते बसेको १०२ औँ बैठकले अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीका नायब महाप्रबन्धक नेपाललाई सो पदको जिम्मेवार तोकिएको हो । साउन १ गते देखि नै सो निर्णय कार्यान्वयमा आउने कम्पनीले जनाएको छ ।