घुस लिएको आरोपमा पक्राउ परेका मालपोतका सुब्बा र खरिदारविरुद्ध मुद्दा
काठमाडौं । अख्तियारले घुस लिएको आरोपमा पक्राउ परेका मालपोतका सुब्बा र खरिदारविरुद्ध मुद्दा दायर गरेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई अख्तियारको टोलीले असोज १२ गते जग्गा नामसारी गरेबापत १ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको थियो ।
अख्तियारले आरोपी दुबैलाई घुस बराबरको रकम विगो कायम गरी बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।