नेको इन्स्योरेन्सको सिइओ खड्काको वार्षिक तलब भत्ता ५९ लाख, सञ्चालक समितिलाई २१ लाख

३१ असार २०७८, बिहीबार १७:०२

काठमाडौं । नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक कुमार खड्काले वार्षिक तलब सुविधाबापत ५९ लाख माथि रुपैयाँ बार्षिक साधारणसभाबाट पारित भएको छ ।

आज सम्पन्न बार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ मा खड्काले कम्पनीबाट तलव बापत बुझेको ५९ लाख ३१ हजार रुपैयाँ स्वीकृत गरेको हो । सो तलबबाट सिईओ खड्काले बार्षिक करिब १५ लाख रुपैयाँ कर बापत नेपाल सरकारलाई नै तिरेका छन् ।

गत आर्थिक वर्षमा कम्पनीले संचालकहरुलाई बैठक भत्तावापत उपलब्ध गराएको २१ लाख ३१ हजार २ सय रुपैयाँ समेत पारित गरेको हो । अघिल्लो आर्थिक बर्षमा कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई ६२ लाख ३६ हजार रुपैयाँ तलव बुझाएकोमा आव २०७६।०७७ मा अझै कम बुझाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*