तीन दिनदेखि घटेको सुनको भाउ आज बढ्यो
काठमाडौं । सोमबारयता तीन दिनदेखि निरन्तर घटेको सुनको भाउ आज बढेको छ । बिहीबार सुन प्रतितोला सात सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख १५ हजार र तेजावी सुन प्रतितोला १ लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मुल्यपनि बढेको छ । बुधबार प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४०५ रुपैयाँमा कारोबार भईरहेको छ ।