नारायणी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा, आठ पटकसम्म नगद जरिवाना
१५ कार्तिक २०८०, बुधबार १२:१५
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको छ । आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासमा नारायणी डेभलपमेन्ट बैंक आठैंपटक राष्ट्र बैंकको कारबाहीमा परेको हो ।
बैंकलाई राष्ट्र बैंकले चौथौं पटकमा ६६ हजार ५३ रुपैयाँ, पाँचौं पटकमा ३३७ रुपैयाँ, छैटौं पटकमा ४२ हजार १२६ रुपैयाँ, सातौं पटकमा ५३ हजार २८ रुपैयाँ र आठौं २ हजार ४७८ रुपैयाँ जरीवाना गरेको हो ।
बैंक अन्तर्गतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षाको आधारमा नारायणी डेभलपमेन्ट बैंकलाई कारबाही स्वरुप नगद जरिवाना गरेको हो ।
अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) कायम नगरेको भन्दै नारायणी डेभपलपेन्ट बैंकलाई चौथौं, पाँचौ, छैटौं, सातौं र आठौं पटक कारबाही गरेको हो ।