रियलमीको दशैं फोटो कन्टेस्ट सुरु
काठमाडौं । रियलमीले नेपालीहरुको महान् चाड विजयादशमीको अवसर पारेर दशैं फोटो कन्टेस्टको सुरूवात गरेको छ । यस फोटो कन्टेस्टमा सहभागी भइ विजयीहरुले आकर्षक पुरस्कारहरू जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।
यस दशैँ फोटो कन्टेस्टमा सहभागी हुनका लागि सर्वप्रथम सहभागीहरूले आफ्नो परिवारसँग दशैँ मनाउँदै गरेको तस्विर खिचेर रियलमीको फेसबुक पोस्टको कमेन्ट बक्समा सेयर गर्नुपर्नेछ ।
सबैभन्दा धेरै कमेन्ट तथा लाइक प्राप्त गर्ने फोटोलाई भाग्यशाली विजेता घोषणा गरिनेछ । कार्तिक २ गतेबाट सुरू भएको यस दशैँ कन्टेस्टमा कार्तिक १३ सम्म सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।