बुधबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी
३० असार २०७८, बुधबार १५:२४
काठमाडौं । आज २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २०५ दशमलव ११ रुपैयाँको कारोबार भएको छ ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा गुर्खाज फाइनान्स रहेको छ । कम्पनीको आज २९ करोड ४७ लाख ६९ हजार २५० रुपैयाँको कारोबार भई सर्वाधिक कारोबार भएको हो ।
त्यस्तै, छिमेक लघुवित्त विकास बैंकको २२ करोड, हिमालयन डिस्टिलरीको साढे १९ करोड, निर्धान उत्थान लघुवित्तको १६ करोड र नबिल व्यालेन्स्ड फन्डको साढे १५ करोड भन्दा माथिको कारोबार भई सर्वाधिक कारोबार हुन सफल भएको हो ।