इन्फिनिटी लघुवित्तका संचालक कडरियाद्धारा राजीनामा
३० असार २०७८, बुधबार १३:०६
काठमाडौं । इन्फिनिटी लघुवित्तका संचालक संगिता कडरियाले राजीनामा दिएकी छिन् । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।
सो संस्थाको संचालक कडरियाले आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदबाट राजीनामा दिएकी हुन् । संचालक समितिको असार ३० गते बुधबार बसेको ६८ औं बैंठकले राजीनामा स्वीकृत गरेको जानकारी गराएको हो ।