राप्ती हाइड्रोको अध्यक्षमा कुल विक्रम शाह नियुक्त
२६ आश्विन २०८०, शुक्रबार ११:०७
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कुल विक्रम शाह नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको निर्णयले अध्यक्षमा शाहलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
साथै, कम्पनी सञ्चालक समितिको सदस्यमा आजको मितिदेखि लागु हुने गरी शुभम प्रकाश उप्रेतीलाई पनि नियुक्त गरिएको छ ।