नबिल बैंकको यी शाखामा पाइन्छ नयाँ नोट
काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ नोट साट्नका लागि शाखा कार्यालयहरु तोकेको छ । बैंकले ग्राहकहरुका लागि दशैं लक्षित नयाँ नोट सटहीको सुविधा भएको शाखा कार्यालयहरु तोकेको हो ।
बैंकको लाजिम्पाट शाखा, गुसिंगल शाखा, मंगलबजार शाखा, कमल विनायक शाखा, बौद्ध रामहिटी शाखाबाट नयाँ नोट साट्न सकिने बैंकले जनाएको छ । बैंकले असोज २९ गतेदेखि नयाँ नोट सटहीको सुविधा ल्याउने जनाएको छ ।