सानिमा बैंकको यी स्थानबाट साट्न सकिन्छ नयाँ नोट
काठमाडौं । सानिमा बैंक लिमिटेडले असोज २९ गतेदेखि विभिन्न स्थानमा नयाँ नोटको सटही सुविधा ल्याउने भएको हो ।
बैंकले उपत्यकाभित्र रहेका सम्पूर्ण शाखाहरु तथा उपत्यका बाहिर रहेका बनेपा र नौबिसे शाखाहरुबाट कार्यालय समयमा नयाँ नोट साट्न सकिने जनाएको छ ।
ग्राहकहरुले उक्त शाखाहरुबाट ५, १०, २० , ५० र १०० दरको १८ हजार ५०० बराबरको प्याकेट सटही गर्न सक्नेछन् ।