रिलायबल नेपाल लाइफद्वारा साढे १० लाख रुपैयाँको दावी भुक्तानी

२३ आश्विन २०८०, मंगलवार १०:०४

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको लमजुङ शाखाले आइतबार १० लाख ४८ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरेको हो ।

कम्पनीले दुधपोखरी गा.पा –०६ लमजुङका मृतक कृष्ण गुरुङको परिवारजनलाई दुधपोखरी गाउँपालिकाको कार्यालयमा एक कार्यक्रम आयोजित गरी चेक हस्तान्तरण गरेको हो । कार्यक्रममा दुधपोखरी गाउँपालिकाका अध्यक्ष धन प्रसाद गुरुङ , वडा ०६, अध्यक्ष मनिष गुरुङ र कम्पनीका लमजुङ शाखा प्रमुख राजु गुरुङ, बजार प्रमुख लक्ष्मी धिताल छेत्री लगायत अन्य एजेन्सी म्यानेजरहरुको उपस्थिति रहेको थियो ।

मृतक बीमितको हकवाला बुवा भिम राज गुरुङको नाममा जारी गरिएको दाबी भुक्तानी रकमको चेक हस्तान्तरण गरिएको छ । बीमित कृष्ण गुरुङ गत भाद्र २ गते कास्कीको रुपाकोटमा मोटरसाईकल दुर्घटना भई मृत्यु भएको थियो । मृतक गुरुङ पोखराको अमरसिङ चोकमा ब्रिगेट गोर्खा तालिम केन्द्रका संचालक थिए । २७ वर्षको अल्पायुमा भएको घटना प्रती रिलायबल लाइफले गहिरो समबेदना समेत प्रकट गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*