सुर्यज्योति लाइफ १८ औं बर्षमा प्रवेश, अझै बिशाल बनाउने यात्रामा निरन्तर अघि बढ्ने सिईओ खत्रीको प्रण

११ बैशाख २०८२, बिहीबार २०:०२

काठमाडौं । सुर्यज्योति लाइफ आजबाट १८ औं बर्षमा प्रवेश गरेको छ । कम्पनीले आजको १७ गौरवमय बार्षिकोत्सव देशैंभरि भव्य रुपमा मनाएको छ । २०६४ साल बैशाख ११ गते तत्कालिन सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट जीवन बीमाको औपचारिक कारोबार सुरुवात गरेको कम्पनी आज १७ औं बसन्त पुरा गरी १८ औं बर्षमा प्रवेश गरेको हो ।

१८ औं बर्ष प्रवेश गरेको सुखद अवसरमा कम्पनीका अध्यक्ष केवश प्रसाद भट्टराईले शुभकामना सन्देश दिँदै नियामक, बीमित, कर्मचारी तथा शेयर सदस्यहरु सबैमा कृतज्ञता तथा धन्यवाद ज्ञापन गरेका छन् । सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश बिक्रम खत्रीले नविनतम् प्रविधि, समयसापेक्ष ग्राहकमैत्री सेवा प्रवाह गर्ने जनाएका छन् । सिईओ खत्रीले १७ औं बार्षिकोत्सवको अवसरमा कम्पनीको गरिमा र साख बृद्धि गर्दै अझ बृहत र अझ विशाल बनाउने यात्रामा निरञ्तर अभि बढ्ने प्रण व्यक्त गरेका छन् ।

१७ वर्षको इतिहास बोकेको सूर्य ज्योति लाइफ इन्स्योरेन्स र छोटो अवधिमा उल्लेखनीय सेवा प्रदान गरी आफूलाई एक सबल कम्पनीको रूपमा प्रस्तुत गरेको ज्योति लाइफ इन्स्योरेन्स बीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले अहिले देशका १७४ वटा शाखा कार्यालयमार्फत जीवन बीमा सेवा सरल छरितो रुपमा प्रवाह गर्दै आइरहेको छ ।

२०७९ पौष ७ गते तत्कालिन सुर्या लाइफ र ज्योति लाइफका बीचमा मर्जर भई संयुक्त कारोबार सुरु गरिएको थियो । त्यसयता कम्पनीको वित्तीय सूचांकमा अब्बल र अन्य प्रतिस्पर्धी कम्पनीहरुसँग तीव्र प्रतिस्पर्धा गर्दै अघि बढिरहेको छ ।

कम्पनीले नवीनतम प्रविधिमैत्री तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्कँदै आएको र सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध ५० लाख सम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिँदै आएको छ ।

सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी पाँच अर्ब एक करोड रहेको छ । जीवन बीमाकोषमा ३९ अर्ब ४० करोड रुपैयाा संचिती गरेको अवस्था छ । यस अवधीमा कम्पनीले ४४०० करोड लगानी गरेको छ भने नेटवर्थ रु ६३० करोड रहेको छ । हाल कम्पनीसँग आबद्ध प्रशिक्षित अभिकर्ता संख्या एक लाख दुई हजार २४० जना रहेको छ । हालसम्म ३२ लाख ७५ हजार ४७९ वटा बीमा पोलिसी जारी गरेको सुर्यज्योति लाइफ देशको उत्कृष्ट जीवन बीमा कम्पनी मध्येको एक हो ।

कम्पनीले आज बार्षिकोत्सवको अवसर पारेर देशैभरिका शाखा कार्यालयहरु, प्रदेश कार्यालयहरु र केन्द्रीय कार्यालयमा केक उत्सव मनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*