सरकार ढल्ने त्रासमा प्रधानमन्त्री ओली, नेपाल फर्किएपछि देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगको सम्बन्धमा खटपटका कारण सरकारमा गडबडी हुन लागेको संकेत गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बैंककको भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले केही फरक ढंगबाट हेरीएको बुझिएको छ। उनले सरकार ढल्न सक्ने आश्य समेत व्यक्त गरेका छन् ।
लोकतन्त्रको अवसरमा एमालेले भुकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा देउवाको बैंकक भ्रमण र प्रचण्डसँग भ्रमण लगत्तै भेटवार्ताको कारण सरकार ढल्न सक्ने आश्य दिएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थाइल्यान्ड प्रस्थानअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेको खुलेको छ । वैशाख ७ गते उपचारका लागि भन्दै देउवा थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका थिए ।
देउवाको भ्रमणलाई सत्ता परिवर्तनसँग समेत जोडेर टिकाटिप्पणी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काग्रेससँग टुट्न लागेको संज्ञा दिएका छन् ।
सिंहदबारमा बिहीबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रचण्डले देउवाले आफूलाई फोन गरेको ब्रिफिङ गरेका छन् ।
‘थाइल्यान्ड जानुअघि उहाँले मलाई फोन गर्नुभएको थियो । सो क्रममा शुभकामना आदान प्रदान भएको थियो । फर्किएपछि फेरि भेट्न कुरा भएको छ’, प्रचण्डले बैठकमा भनेका थिए ।
प्रधानमन्त्री ओलीले भने आफ्नो पार्टीका नेता तथा कार्यकर्तामाझ त्यस्तो संकेत गरेका हुन्।
यसअघि हरेकजसो सार्वजनिक मञ्चबाट २०८४ सम्म कांग्रेस र एमालेको सरकार रहने बताउँदै आएका ओलीले लोकतन्त्र दिवसका अवसरमा एमालेले भृकुटीमण्डपमा गरेको कार्यक्रममा त्यस्तो अभिव्यक्ति दोहोरÞ्याएनन् । देउवाको बैंककपछिको भ्रमण लग्त्तै प्रचण्डसँगको छलफलको कारण ओली यतिबेला शंशकित बनेका छन् ।
उनले राष्ट्रियताको स्पष्ट अडान लिएका कारण विदेशका दलाल तत्वहरु एमालेकाविरुद्ध लागेको र सरकार दिन दिनै ढल्छ भन्न थालिएको बताए ।
‘हामीले राष्ट्रियताको स्पष्ट अडान लिएका कारण विदेशका दलाल तत्वहरु एमालेकाविरुद्ध लागेका छन्। यत्तिकै होइन,’ उनले भने, ’विभिन्न प्रकारका शक्तिहरु हामीसँग भयभीत भएका छन् । दिनैपिच्छे अनेक भ्रम फिंजाउन खोजेका छन् । हरेक कुरामा हरेक दिन सरकार जान्छ भन्न थालेका छन् ।’
ओलीले गत मंगलबार कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आफू अझै १५ महिना सरकारको नेतृत्वमा रहने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताएका थिए ।