राजावादीहरूले जंगलीमात्रै होइन राक्षसी प्रवृत्ति देखाइरहेका छन्ः प्रधानमन्त्री ओलि

११ बैशाख २०८२, बिहीबार १७:५९

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानको रक्षामा युवा वर्गलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन्। लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा एमालेद्वारा आयोजित ‘युथ सेलिब्रेसन’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लोकतान्त्रिक मूल्य र संविधानको सम्मान नै समृद्ध नेपाल र सुखी नेपालीको मूल आधार भएको बताएका हुन्।

प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा देशमा फेरी सामान्ती सोच र प्रतिगमनका स्वरहरू गुञ्जिन थालेको भन्दै चिन्ता व्यक्त गरे। ‘अहिले कतैकतै सामान्ती युग फर्काउने आवाजहरू सुनिन थालेका छन्,’ उनले भने, ‘लोकतन्त्र नमान्ने, संविधान नमान्ने, जनताको बलिदानको अपमान गर्ने काम भइरहेको छ।’

ओलीले प्रतिगमनतर्फ देशलाई धकेल्न जनताको हत्या, तोडफोड र आगजनीजस्ता हिंसात्मक गतिविधि भइरहेको उल्लेख गरे। उनले विशेष रूपमा राजावादी प्रवृत्तिहरूलाई लक्षित गर्दै भने, ‘राजावादीहरूले जंगलीमात्रै होइन, राक्षसी प्रवृत्ति देखाइरहेका छन्। उनीहरूको यस्तो प्रयास देश, संविधान र जनताको भावनाविरुद्धको हो।’

प्रधानमन्त्री ओलीले युवाहरूलाई सम्बोधन गर्दै भने, ‘यो समयमा युवाहरूले लोकतन्त्रको रक्षा गर्न, संविधानको कार्यान्वयनमा सघाउन र राष्ट्र निर्माणमा अग्रसर हुनुपर्छ। नयाँ पुस्ताको काँधमा भविष्यको जिम्मेवारी छ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*