रघुजी पन्तले लिए शिक्षामन्त्रीको रूपमा शपथ ग्रहण
११ बैशाख २०८२, बिहीबार १६:५५

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्। शिक्षामन्त्रीका रूपमा नियुक्त भएपछि पन्तले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।