एमालेको लोकतन्त्र दिवस उत्सव: भृकुटीमण्डप गुञ्जायमान, हेर्नुहोस् तस्बिर

काठमाडौँ । जनताले जितेको दिन अर्थात् लोकतन्त्र दिवसको खुशीयालीका अवसरमा काठमाडौँको भृकुटीमण्डप गुञ्जायमान भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजित ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा देशभरका युवा लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डपमा जम्मा भएका हुन् ।
कार्यक्रममा भृकुटीमण्डपमा विभिन्न कन्सर्ट, साङ्गीतिक कार्यक्रम, झाँकी, नृत्यलगायत प्रस्तुतिहरू भइरहेको छन्। विभिन्न ब्याण्ड र कलाकारहरूले आफ्नो प्रस्तुति दिइरहेका छन्। कलाकारहरूको प्रस्तुतिसँगै युवाको जमात लोकतन्त्रको पक्षमा नारा लगाउँदै रमाइलो गरिरहेका छन्।
कार्यक्रमको उद्देश्य एक लाख युवा सहभागी गराउने रहेको र यसमा प्रमुख नेताहरूले सम्बोधन गर्ने जानकारी दिइएको छ। कार्यक्रममा भाषणभन्दा बढी कन्सर्ट, झाँकी, नृत्य र गीतहरूको प्रस्तुतिका साथ उत्सवमय वातावरण सिर्जना गरिएको छ।