प्रधानमन्त्री ओली गभर्नर नियुक्ति ढिलाईमा प्रश्नको चौतर्फी घेराबन्दीमा

काठमाडौं । करिब दुई तिहाइ बहुमतको शक्तिशाली सरकारका प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गभर्नर नियुक्ति ढिलाईमा भएको प्रश्नको चौतर्फी घेराबन्दीमा परेका छन् ।गभर्नर नियुक्ति प्रकृयाको बिषयमा सहमती भएको खबर दिएर पनि नियुक्तिमा ढिलाई गरेको भन्दै चर्को आलोचना प्रधानमन्त्री ओलीले खोप्नु परेको छ ।
राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिमा राजनीतिक सहमति भईसकेको प्रतिकृया आएपनि अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समतिको बैठक बस्न नसकेको एक महिना बितिसकेको छ।
बैशाख ९ गते गभर्नर सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले लामो समयसम्म नियुक्तिमा अल्झाईरह्दा समितिमाथि चौतर्फि विरोध हुने भन्दै राजिनामा समेत दिएका छन् । उनले हवाट्यापबाट अर्थमन्त्री बिष्णु पौडेललाई राजीनामा बुझाएका हुन् । भट्टराईले पछिल्लो समय राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै असन्तृष्टि जनाउदै राजिनामा दिएका हुन् । पूर्व गभर्नर भट्टराईको राजिनामा पछि नयाँ गभर्नर नियुक्ति प्रकृया थप अन्योलग्रस्त बनेको छ । नियुक्ति प्रकियामा राजनितिक दलहरुको तिव्र चासो र हस्तक्षेप देखिएको छ।
सिफारिस समितिको बैठक एक महिनासम्म नबसेर राष्ट्र बैंकको प्रतिष्ठाको धज्जी उडाइएको पूर्वगभर्नरहरुले समेत गुनासो गरेका छन् ।
सत्ताको मुख्य सहयात्री दल नेपाली कांग्रेसले आधिकारिक निर्णय नगरे पनि अधिकांश नेताहरूले ओली नेतृत्वको सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएका छन् । सत्ताको प्रमुख सहयात्री दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त सरकारको गतिलाई ट्याक्टरको संज्ञा दिइसकेका छन् भने नियामक नियुक्तिको बिषयलाई लिएर चर्को आलोचना खुलेरै गर्ने गरेका छन् ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नियामक निकायमा नियुक्ति प्रकरणको बिषयलाई लिएर कटाक्ष समेत प्रहार गरेक छन् । विचौलियाको पहुँच प्रधानमन्त्रीको खाटसम्म छ, भन्दै उनले नियुक्तिको बिषयलाई लिएर खेद समेत प्रकट गरेका थिए ।
२०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल सकेर गत चैत २२ गते राष्ट्र बैंकबाट विदा भएका थिए। त्यसयता गभर्नर पद खाली छ। गभर्नर नियुक्तिको सन्दर्भलई लिएर चर्को आलोचना भएपनि यतिबेला प्रधानमन्त्री ओली शान्त मुद्रामा नै बसीरहेका छन् ।
चर्को आलोचनाका बीच कांग्रेसका सभापति शेरबहादुर देउवाको विदेश भ्रमणपश्चात् मात्रै गभर्नर नियुक्ति प्रकृया अघि बढाईने अन्तिम सहमती भएको बुझिएको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विदेश यात्राबाट फर्किएपछि अघि बढाउने जनाएको छ। गभर्नर नियुक्तिबारे सरकारको ध्यानाकर्षण भइसकेको उल्लेख गर्दै देउवा स्वदेश फर्किएपछि प्रक्रिया टुंग्याइने जानकारी दिएका छन् ।
कांग्रेस सभापति देउवा परिवार सहित गत आइतबार बैशाख ७ गते बैंकक गएका हुन् । कांग्रेस सभापति देउवा उपचारको क्रममा बैशाख ७ गते नै गभर्नरको नाम टुङ्ग्याउने योजनामा थिए । प्रधानमन्त्री ओलीसँग सहमती भईसकेपनि बैंकक भ्रमणपछि मात्रै गभर्नर नियुक्ति प्रकृया अघि बढाउने निर्णयको कारण गर्भनर नियुक्ति छनोट समितिको बैठक तत्कालको लागि अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले नडाकेको बुझिएको छ।
त्यहाँ रहँदा उनले राजनीतिक भेटघाट समेत गर्न सक्ने बताइएको छ । मुलुकको राजनीतिक अवस्था तरल भएका बेला प्रमुख सत्ता साझेदार दलका नेता देउवा थाइल्यान्ड जान लाग्नुलाई अर्थपूर्ण हेरिएको छ । उनी यसै साता नेपाल आईपुग्ने र गभर्नर नियुक्ति प्रकृया अघि बढाईने तयारी गरिएको बुझिएको छ। सो कारण पनि प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेल यतिबेला चर्को आलोचनामा परेका छन् । विचौलियाको एस म्यानको संज्ञासमेत सरकारलाई अर्थविद्हरुले दिएका छन् ।
यसबीच, गभर्नर चयन प्रक्रिया पछिल्ला दिनमा थप जटिल बन्दै गएको छ।
भट्टले यसअघि प्रकाशशरण महत अर्थमन्त्री छँदा आर्थिक सल्लाहकारका रूपमा काम गरेका थिए। उनलाई गभर्नर बनाउनुपर्ने भन्दै सुदूरपश्चिमका कांग्रेस जिल्ला सभापतिहरूदेखि सांसदहरूका टोली धेरैपटक ’यत्तिको मान्छेलाई गभर्नर बनाउनैपर्ने’ भन्दै बूढानीलकण्ठ समेत पुगेका थिए।
राष्ट्र बैंकका क्याडर भट्ट गभर्नरका लागि आएका नामहरूमध्ये स्वच्छ र सक्षम मानिन्छन्। र, अहिले आफ्नो मान्छे गभर्नर बनाउन बिचौलियाहरूको चलखेल चुलिएका बेला भट्ट त्यसबाट टाढै रहेका व्यक्ति हुन्।