बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
११ बैशाख २०८२, बिहीबार १५:१४

काठमाडौँ । चार दिनको ओरालो यात्रापछि आज बजारमा सामान्य सुधार आएको छ । बजारमा सुधार आजसँगै ८३ कम्पनीको शेयर मूल्य बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ अकंले बढेर २६५८.९४ बिन्दुमा कायम भएको छ । आज ३०८ कम्पनीको १ करोड ९७ लाख ५४ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८७ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज नेपाल माइक्रा र क्रेष्ट माइक्रोको शेयरमा सर्किट लागेको हो । साथै, महिला लघुवित्तको ७.२० प्रतिशत र न्यादी ग्रुपको ७.१० प्रतिशतले शेयर मूल्य बढेको छ ।