ङादी ग्रुपको शेयरमा झुम्मिए लगानीकर्ता

११ बैशाख २०८२, बिहीबार १५:०६

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परीसूचक ३ अंकले बढेर बन्द हुँदा ७ अर्ब ८७ करोड ९३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

आज लगानीकर्ताको रोजाइमा ङादी ग्रुप पावर कम्पनी परेको छ भने यसदिन कम्पनीको ७० करोड ३४ लाख रुपैयाँबढीको शेयर कारोबार भएको छ।

त्यस्तै दोस्रोमा राधी जलविद्युतको ५७ करोड २३ लाख रुपैयाँ, तेस्रोमा एनआरएन इन्फ्रान्सट्रक्चर एण्ड डेभलपमेन्टको ५२ करोड ५२ लाख रुपैयाँ र चौथोमा युनिभर्सल पावर कम्पनीको ४७ करोड रुपैयाँबढीको शेयर कारोबार भएको छ।

त्यसैगरी एचआईडीसीएलको २८ करोड २८ लाख रुपैयाँ, निफ्राको २३ करोड ३४ लाख रुपैयाँ, सीईडीबी होल्डिङ्सको २१ करोड ३ लाख रुपैयाँ, बरुण हाइड्रोपावरको १८ करोड ७३ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको १७ करोड ४४ लाख रुपैयाँ र एचआईडीसीएल प्रोमोटर शेयरको साढे १६ करोड रुपैयाँबढीको शेयर कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*